arrow

अग्निपथको विरोध : धारा १४४ लगाइयो, बिहारमा उच्च सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
angnipathbirodh.jpg

काठमाडौं । भारतीय सेनामा ४ वर्षका लागि भर्ना लिने सरकारी योजना अग्निपथलाई लिएर हिंसात्मक विरोध भइरहेको छ । यसैबीच भारतीय कांग्रेसले अग्निपथ योजनाको विरोधमा आज देशभर शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । 

अग्निपथ योजनालाई लिएर भारतका धेरै राज्यहरूमा, अपराधीक समूह हरूले योजनाको विरुद्ध तानडव मच्चिएका छन् । जसका कारण उत्तर प्रदेशको नोएडा र राज स्थानको जयपुरमा धारा १४४ लागू गरिएको छ ।

बिहारमा अग्निपथ योजनाको विरोधमा केही सङ्गठनहरूले आह्वान गरेको भारत बन्दलाई ध्यानमा राख्दै पटनाको डाक बङ्गला चौराहामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

सरकारले ल्याएको योजनाको विरोधमा आन्दोलनकारीले दर्जनौँ सवारी साधन र रेलमा आगजनी गरेका छन् ।

यता सेनाले ‘अग्निपथ’ योजना फिर्ता नहुने प्रस्ट पारेको छ । सैनिक जवानको औसत उमेर ३२ रहेकामा त्यसलाई सन् २०३० सम्ममा २६ वर्षमा झार्ने र सैन्य सङ्गठनलाई पूरा युवाहरूले भरिने तयारी भारतीय सेनाको रहेको बताइएको छ । 

हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ