arrow

युक्रेन युद्धकाे असर: रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बन्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
china-russia-oil.jpg

काठमाडौं। युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकहरुको प्रतिबन्ध लागेको रुसले बेइजिङलाई सस्तोमा कच्चा तेल बेच्दा रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ ।

रुसी तेलको आयात एक वर्ष अघिको तुलनामा मे महिनामा रेकर्ड कीर्तिमानी ५५ प्रतिशतले बढेको छ। यससँगै चीनको सबैभन्दा ठूलो आपूर्तिकर्ता साउदी अरेबियालाई पछि पार्दै रुस पहिलो बनेको हो ।

कोभिड १९ को लकडाउन र सुस्त अर्थतन्त्रले माग घटेको भएता पनि चीनले रुसी तेलको खरिदलाई तीव्र बनाएको छ। फेब्रुअरीमा चीन र रुसले आफ्नो मित्रताको कुनै सीमा नभएको घोषणा गरेका थिए।

चीनको रिफाइनिङ कम्पनी सिनोपेक र राज्यद्वारा सञ्चालित जेनहुआ ​​आयल लगायतका चिनियाँ कम्पनीहरूले हालैका महिनाहरूमा रुसी कच्चा तेलको खरिदमा वृद्धि गरेका छन् ।

युरोप र अमेरिकाका खरिदकर्ताहरूले युक्रेनमाथिको युद्धलाई लिएर रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले सस्तोमा तेल बेचिरहेको छ ।

चिनियाँ भन्सारको सामान्य प्रशासनको तथ्याङ्क अनुसार गत महिना चीनले पूर्वी साइबेरिया प्रशान्त महासागर पाइपलाइन र समुद्री मार्गबाट ​​ढुवानी हुने ८४ लाख टन  रुसी तेल आयात गरेको छ ।

यसअघिको चीनको सबैभन्दा ठूलो आपूर्तिकर्ता साउदी अरेबिया ७८ लाख टनसहित दोस्रो नम्बरमा झरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ