- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
योसँगै एसपीपी मा नेपाली सेना संलग्न हुन पाउने छैन । नेपाल सरकारले अमेरिकी सरकारलाई एसपीपीमा सहभागी नहुने भनी पत्र पठाउँदै छ ।
एसपीपीका लागि पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पत्र पठाएका थिए । सो समय महाभूकम्पका कारण सेनाले अमेरिकासँग सहयोग मागेको थियो ।
मन्त्रिपरिषद्को निर्णय आज सार्वजनीक हुदैछ ।