arrow

ईयू सम्मेलन अघि रुसले बढायो आक्रमण, युक्रेनले पुर्‍यायो क्राइमियाको तेल भण्डारमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
russia-usa-attack-ukraine.jpg

काठमाडौं ।  रुसी सेनाले सोमबार पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क सहर नजिकै रहेको सिभरस्की डोनेट्स नदी र तोस्किभका सहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । सेभेरोडोनेत्स्कमा रुसी आक्रमण बढ्दै गएको छ। 

अर्कोतर्फ युक्रेनले रुसको कब्जामा रहेको क्रिमियामा रहेको तेल ड्रिलिंग प्लेटफर्ममा आक्रमण गरेको छ । क्राइमियाका राज्य प्रमुखका अनुसार आक्रमणमा तीन जना घाइते भएका छन् ।

सन् २०१४ मा रुसले क्रिमियालाई गाभेको थियो । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले युक्रेनलाई युरोपेली सङ्घमा समावेश गर्ने काउन्सिलको बैठक अघि आक्रमणलाई तीव्रता दिने बताएका छन् । 

ईयू नेताहरूले यस हप्ताको अन्तमा शिखर सम्मेलनमा युक्रेनको सदस्यतालाई समर्थन गर्न सक्छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार हलिउड अभिनेता र निर्माता बेन स्टिलरलाई भेटेका छन्। स्टिलर संयुक्त राष्ट्र संघको सद्भावना दूतका रूपमा युक्रेन भ्रमणमा छन्। 

स्टिलर र संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रतिनिधि क्यारोलिना लिन्डहोम बिलिङले कीभ भ्रमण गरेका छन् । इरपिन शहरमा भत्किएका आवासीय भवनहरू पनि हेर र उनीहरूले आक्रमणमा बाँचेकाहरुसँग पनि कुराकानी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ