arrow

एसपीपीदेखि निलम्बनसम्म यस्तो छ मन्त्रीपरिषद्को निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
karki-rin.JPG

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई अघि नबढाउने देखि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन सम्मको निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ । 

हिजो बसैको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।  

मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेको छ । सरकारले एसपीपी लाई अघि नबढाउने निर्णय गरेको छ । 

 सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयहरूमा पत्राचार गर्दा अनिवार्य  रूपमा परराष्ट्र मन्त्रालय मार्फत गर्ने निर्णय गरेको छ ।  

नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।

जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । 

साथै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ । सरकारले उनी माथि छानबिन गर्न समिति गठन गर्ने भएको छ । केही दिन अघि अधिकारीले मन्त्री आलेसँगको अडियो टेप सार्वजनिक गरेका थिए । 

 त्यसै गरी कोहलपुर– सुर्खेत १३२ केभि प्रसारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । 

 साथै रिक्त रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ