arrow

इजरेलमा चार वर्षमा पाँचौं निर्वाचनको तयारी, पूर्व पत्रकार लापिड प्रधानमन्त्री बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
naftali bennett yair lapid.jpg

काठमाडौं। प्रधानमन्त्री नाफ्ताली बेन्नेटले आफ्नो कमजोर सत्तारूढ गठबन्धनमा बढ्दो दबाबलाई नियन्त्रण गर्न नसकेपछि इजरेली सांसदहरूले संसद भंग गर्न अर्को हप्ता मतदान गर्ने भएका छन् । यससँगै इजरेल चार वर्षको अवधिमा पाँचौं निर्वाचन गर्नेछ ।

पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षको शासनलाई १२ महिनाअघि अन्त्य गर्न सफल बेन्नेट अब भने बाहिरिने सम्भावना बढेको छ।बेन्नेटका विपक्षीहरूको सम्भावित गठबन्धनमा उनका साझेदार परराष्ट्र मन्त्री यायर लापिड प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ।

गठबन्धनमा सबैभन्दा ठूलो दलको नेतृत्व गर्ने पूर्व पत्रकारसमेत रहेका लापिडले नयाँ चुनाव नभएसम्म अन्तरिम प्रधानमन्त्रीको रूपमा काम गर्ने भएका छन् ।

'हामी आज तपाई सामु एक क्षणमा उभिरहेका छौं जुन सजिलो छैन, तर हामीले इजरेलको लागि बुझेर सही निर्णय गर्यौं,' बेन्नेटले लापिडको छेउँमा उभिएर टेलिभिजनमा बोल्दै भनेका छन् ।

बेन्नेटका प्रवक्ताका अनुसार अर्को हप्ता संसदमा मतदान हुनेछ र त्यसपछि लापिडले अन्तरिम प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको नियोजित इजरेल भ्रमणको केही हप्ता अगाडि यो कदम आएको हो । बेन्नेटको सरकारले इजरेलको लामो समयको शत्रु इरानविरूद्ध क्षेत्रीय सुरक्षा सम्बन्धलाई बढावा दिन मद्दतको लागि भरोसा गरिरहेको थियो ।

यद्यपि कट्टर दक्षिणपन्थी, उदार र अरब पार्टीहरू सम्मिलित आठ दलीय गठबन्धनमा धर्मदेखि प्यालेस्टिनी मुद्दामा गहिरो मतभेद उत्पन्न भएको छ । केही बहुमत दलदलबाट काटिएसँगै गठबन्धनले बढ्दो तनावको सामना गर्नु परेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ