arrow

अनुभवविहीन स्टाफले सुत्केरीको शिशुको टाउको काटे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
pakistan-operation-surgery-pregnent.jpg

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा रहेको ग्रामीण स्वास्थ्य केन्द्रका अनुभवहीन कर्मचारीले प्रसूतिको समयमा आमाको पेटभित्रै गर्भमा रहेको शिशुको टाउको काटिदिएका छन् । अनुभवहीन कर्मचारीको यस्तो हर्कतले ३२ वर्षीया हिन्दू महिलाको ज्यान जोखिममा पारेको थियो ।

यो त्रासदीसँगै सिन्ध सरकारले घटनाको छानबिन गर्न र दोषीहरूलाई पत्ता लगाउन मेडिकल जाँच बोर्ड गठन गरेको छ ।

“थरपार्कर जिल्लाको सुदूर गाउँकी भेल हिन्दू महिला पहिले आफ्नो इलाकाको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकाले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्‍याएको थियो,“ जामशोरोस्थित लियाकत युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेज (एलयुएमएचएस)का स्त्री रोग एकाइका डा प्रोफेसर राहिल सिकन्दरले भनेका छन् ।

उनले भने, “आइतबार गरिएको शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छाडेको थियो ।“

ती महिलाको ज्यान जोखिममा परेपछि उपचारका लागि कुनै सुविधा नभएको अवस्थामा उनलाई नजिकैको मिठी अस्पतालमा लगिएको थियो ।

अन्ततः उनको परिवारले उनलाई एलयुएमएचएस लगेका थिए । त्यहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो ।

बच्चाको टाउको भित्रै फसेको र आमाको पाठेघर च्यातिएको हुँदा ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नुपर्ने भएको सिकन्दरले बताएका छन् ।

यो डरलाग्दो गल्तीपछि सिन्ध स्वास्थ्य सेवाका महानिर्देशक डा जुमन बाहोटोले यस मुद्दामा छुट्टै छानबिन गर्न आदेश दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ