arrow

भायानेटले गुड विथ इन्टरनेटमार्फत गर्‍यो १५ बढी परिवारलाई मद्धत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
vianet-good-with-internet.jpg

काठमाडौं । भायानेट कम्युनिकेसन प्रालिले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राखेको छ । यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले शुरु गरिएको भायानेटले जनाएको छ । 

ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजालमार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो। उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो ।  

भायानेट भन्छ, ‘यसरी इन्टरनेट र पठन–पाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भयो । जसले पैसाकै अभावका कारण इन्टरनेट र पठनपाठनबाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्दछ ।’
 
भायानेटले कसैले पनि इन्टरनेटबाट वञ्चित भएर पढ्न नपाउने नहुने भन्दै भनेको छ, ‘आजभोलि इन्टरनेट कनेक्टिभिटी अझ व्यापक र सर्वसुलभ बन्दै गइरहेको छ। यद्यपि अझै पनि धेरै बालबालिकाहरू इन्टरनेटकै अभावमा गुणस्तरीय शैक्षिक अवसरहरूबाट वञ्चित छन्। त्यसैले भायानेट आफ्नो क्षमताले भ्याएसम्म धेरै भन्दा धेरै यस्ता परिवारसम्म पुगि सहयोग गर्न चाहन्छ ।’

यसअघि गरेको सहयोगबारे भायानेट भन्छ, ‘त्यसैले यो अभियानको दोस्रो वर्षमा चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी अमला दिदी लगायतका १५ विभिन्न परिवारलाई कम्पनीले सहयोग गर्यो ।’

अगाडि पनि मद्धत गर्दै जाने भन्दै भायानेट भन्छ, ‘आगामी वर्षहरूमा कम्पनीले यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको छ । र तपाईंको गाउँ(समाजमा पनि पैसाकै अभावका कारण कोही इन्टरनेट र पठन(पाठन बाट वञ्चित छन् भने कार्यक्रम साझेदार २ज्गmबल’कयाप्बतजmबलमग मार्फत भायानेटमा सम्पर्क गर्न सक्नुहुनेछ ।’

नेपालमै पहिलोपटक फाइबर(टु(होम इन्टरनेट र डिजिटल टीभी शुरु गरेको भायानेटका सेवाहरू हाल देशव्यापी रूपमा विस्तार हुँदै छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ