arrow

बुबासँगको सम्बन्ध ताेड्न नाम परिवर्तनका लागि एलन मस्ककी छोरीकाे निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
elon_musk.png

काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति एलन मस्ककी ट्रान्सजेन्डर छोरीले आफ्नो नयाँ लैङ्गिक पहिचान अनुसार नाम परिवर्तन गर्न अनुरोध गर्दै निवेदन दिएकी छिन् । उनले भनेकी छिन्, 'म मेरो जैविक बुबासँग बस्दिन र कुनै पनि हिसाबले, आकारले वा रूपले सम्बन्ध राख्न चाहन्नँ ।'

नयाँ लिङ्ग पहिचान झल्काउने नाम परिवर्तन गर्न र नयाँ जन्म प्रमाणपत्र लिन दुवैको लागि गत अप्रिलमा उनले सान्ता मोनिकाको लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा निवेदन दायर गरेकी थिइन् ।

तर यो समाचार हालै मात्रै सार्वजनिक भएको हो ।

हालै १८ वर्ष पुगेकी पहिलेको नाम जेभियर अलेक्ज्याण्डर मस्क रहेकी उनले आफ्नो लिंग पहिचान पुरुषबाट महिलामा परिवर्तन गरेकी हुन् ।

यसै अनुसार आफ्नो नाम परिवर्तनका लागि उनले अदालतलाई आग्रह गरेकी हुन् । उनको नयाँ नाम सार्वजनिक भएको छैन। उनकी आमा जस्टिन विल्सन हुन्, जसले सन् २००८ मा मस्कसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ