arrow

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल शान्ति पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
Dmitry-Muratov-nobel-peace-prize-russia.jpg

काठमाडौं। स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रमुख सम्पादक दिमित्री मुराटोभले युद्धबाट विस्थापित युक्रेनी बालबालिकालाई मद्दत गर्न आफ्नो नोबेल शान्ति पुरस्कार पदक (मेडल) बिक्रीमा राखेका छन्।

हेरिटेज अक्सनले आयोजना गरेको न्यूयोर्कमा भएको बिक्रीमा सुनको पदक अहिलेसम्म अज्ञात फोन बोलपत्रदातालाई १० करोड ३० लाख ५० हजार अमेरिकी डलरमा बेचिएको छ।

थुप्रै ताली र बोलीकर्ताहरूले बोली थप्दै गर्दा लिलामी उत्साहजनक बनेको थियो। पत्रकार मुराटोभ भिडियोमार्फत त्यहाँ देखिएका थिए।

सुरुको प्रस्ताव भन्दा दसौं लाख डलर बढी अन्तिम बोली आउँदा मुराटोभसहित कोठामा भएका धेरै जना चकित परेका थिए।

'यस सन्दर्भमा म तपाईं जस्तै छु,' उनले बिक्री पछि अनुवादक मार्फत बोल्दै एजेन्सी फ्रान्स प्रेस समाचार एजेन्सीलाई भने। नोबेल पदकको लिलामीको लागि अघिल्लो उच्च मुल्य ५० लाख अमेरिकी डलर भन्दा कम थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको सरकारको कट्टर आलोचक मुराटोभ गत वर्ष सन् २०२१ मा फिलिपिन्सकी मारिया रेसासँगका पुरस्कारको विजेता थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ