arrow

रुस नियन्त्रित क्षेत्रमा युक्रेनी सेनाले गर्‍यो आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
black-sea-ukraine-food-world (1).png

काठमाडौं । युक्रेनी सेनाले रुसी नियन्त्रित क्राइमिया प्रान्तको ब्ल्याक सीमा आक्रमण गरेको छ । युद्धको १ सय १८ दिनमा युक्रेनी सेनाले रुसी नियन्त्रित क्राइमिया प्रान्तको ब्ल्याक सी बाट तेल निकाल्ने प्लेटफर्ममा आक्रमण गरेको हो ।

 करिब चार महिनादेखि चलिरहेको यस युद्धमा युक्रेनले पहिलो पटक रुसको प्रमुख बेस बाहिर आक्रमण गरेको हो । 

रुस समर्थित क्षेत्रीय प्रमुखले क्रिमियाको बाहिरी क्षेत्रमा युक्रेनी सेनाले गरेको आक्रमणमा तीन जना घाइते भएको र सात जना कर्मचारी बेपत्ता भएको बताएका छन् । क्रेमलिनले पनि क्राइमियामा बेपत्ता कर्मचारीहरू स्वीकार गरेको छ। 

क्राइमिया पहिले युक्रेनको भूभाग थियो तर सन् २०१४ मा रुसले कब्जा गरेको थियो ।

साथै युक्रेनी सेनाले पश्चिमाले दिएको मिसाइलको पहिलो सफल प्रयोग गरेको दाबी गरिएको छ । 

अर्कोतर्फ, रुसी सेनाले मङ्गलवार बिहान पूर्वी युक्रेनको सेभेरोडोनेस्क सहर नजिकैको सेभेर्स्की डोनेस्क नदी क्षेत्र र तोस्किभका सहर कब्जा गरेको दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ