arrow

युक्रेनले खसाल्यो रुसी मिसाइल, अहिलेसम्म ३४ हजार सेना मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
russia-ukraine-war-wall-steet-journal.jpg

काठमाडौं । युक्रेनी सेनाले रुसी मिसाइल खसालेको छ । युक्रेनको एयर फोर्सले एक रुसी मिसाइल, दुई ड्रोन र दुई वटा गोला बारुद भण्डार नष्ट गरेको दाबी गरेको छ। 

युक्रेन एयर फोर्सले उक्त जानकारी शेयर गरेको छ। वायुसेनाले कीभ र डोनेट्स्क क्षेत्रमा दुई ड्रोन खसालेको विज्ञप्तिमा उल्लेख छ।

युक्रेनले फेब्रुअरी २४ देखि जुन २१ सम्म युक्रेनी सेनाले करिब ३४ हजार १ सय रुसी सैनिक मारेको दाबी गरेको छ । 

मङ्गलवार युक्रेनी सेनाले २६ रुसी सैनिकको हत्या गरेको थियो । रुसी सेनाले खार्किभको औद्योगिक जिल्लामा गोली चलाउँदा सात सर्वसाधारण घाइते भएका छन् ।

साथै युक्रेनी सेनाले रुसी नियन्त्रित क्राइमिया प्रान्तको ब्ल्याक सीमा आक्रमण गरेको छ । युद्धको १ सय १८ दिनमा युक्रेनी सेनाले रुसी नियन्त्रित क्राइमिया प्रान्तको ब्ल्याक सी बाट तेल निकाल्ने प्लेटफर्ममा आक्रमण गरेको हो ।

रुस र युक्रेनबीच झण्डै चार महिनादेखि युद्ध चलिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ