arrow

सलमान र एर्दोगानबीच भेटवार्ता: साउदी र टर्कीको सम्बन्ध नयाँ उचाइमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
saudi-turkey-salman-erdogan.jpeg

काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि बिग्रिएको सम्बन्धलाई पूर्णतया सामान्य बनाउने उद्देश्यले टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानसँग वार्ता गर्न वर्षौंपछि पहिलो पटक बुधबार टर्कीको भ्रमण गरेका छन् ।

यसअघि गत अप्रिलमा एर्दोगानले पनि साउदीको भ्रमण गरेका थिए । सन् २०१८ मा टर्कीको स्तानबुलस्थित वाणिज्यदूतावासमा साउदीका अमेरिका निवासी पत्रकार खशोग्गीको हत्या भएको थियो ।

पत्रकार खशोग्गीको हत्यामा मुद्दा चलाउन एवं क्षेत्रीय शक्तिहरू बीचको सम्बन्ध सुधार गर्न एर्दोगनले साउदीको भ्रमण गरेका थिए ।

उनले त्यहाँ रहँदा युवराज मोहम्मदसँग एक वार्ता गरेका थिए । सो क्रममा टर्कीको संकटग्रस्त अर्थतन्त्रलाई राहत दिन मद्दत गर्न साउदीले लगानीको सम्भावना बढाएको थियो ।

एर्दोगानले गत हप्ता रियादका डि फेक्टो लिडर प्रिन्स मोहम्मदसँग अंकारामा हुने वार्ताको क्रममा सम्बन्धलाई अझैं उच्च तहमा लैजान के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने बताएका थिए ।

यस भ्रमणले दुई देशबीचको सम्बन्ध दरार आएको अवस्थाबाट हटाउँदै पुरानै मजबुत स्वरुपमा लैजाने सम्भावना बढाएको छ । एक टर्कीका वरिष्ठ अधिकारीले रोयटर्सलाई भनेका छन्, साउदी र टर्की बीचको सम्बन्धमा 'नयाँ युग शुरु हुनेछ'।

यस्तै टर्कीको घटेको विदेशी मुद्रा भण्डारलाई पुनःस्थापित गर्न मुद्रा स्वैप लाइनको वार्तासमेत हुने विश्वास गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ