arrow

टर्कीले राष्ट्र सङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

logo
रासस
प्रकाशित २०७९ असार ८ बुधबार
turkey-ankara-flag.jpg

अंकरा । टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ । युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो । टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ । आगामी हप्ता चार दिनका लागि सो बैठकको आह्वान गर्ने भएको हो ।

यस विषयमा आवश्यक छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै हप्ता रुस जाने भएको छ । सो बैठकमा संयुक्त राष्ट्र सङ्घका महासचवि एन्टोनियो गुटर्रेस पनि सहभागी हुने भएको समाचारमा जनाइएको छ । 

संयुक्त राष्ट्र सङ्घले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ । साथै युक्रेनमा जारी रहेको हिंसाका कारण त्यहाँबाट खाद्यान्न लगायतका सामान निर्यात गर्ने बाटो पनि बन्द भएको छ । 

यी खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गर्दै आएको छ । सो प्रयोजनका लागि सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले सो बैठकको आयोजना गर्न लागेकाे टर्कीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ