arrow

कांग्रेस नेता राणालाई पितृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
HariJung Rana.jpg

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि सुरजजंग राणालाई पितृशोक परेको छ । उनका पिता समाजसेवी एवं विकासप्रेमी व्यक्तित्व हरिजंग राणाको ७९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । 

राणा ब्लड क्यान्सरबाट पीडित भएर एक वर्षदेखि अस्पतालको शय्यामा थिए । उनकी धर्मपत्नी जोगमाया राणाको पनि पाँच महिनाअघि निधन भएको थियो । राणाका एक छोरा र तीन छोरी रहेका छन् ।

स्वर्गीय राणाको बुधबारै अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कास्की कांग्रेसका पूर्व सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि कोपिला रानाभाट, शोभियत बहादुर अधिकारी, क्षेत्रीय सभापति मनोज गुरुङ, महानगर सभापति सुरेन्द्रमान बिजुक्छे, नेता सुदिपमोहन भट्टराई, कास्की कांग्रेसका उपसभापति रामबाबु भण्डारी, सचिव देबेन्द्र रानाभाट, नेता क्षत्रधर आत्रेय लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको पार्टीका क्षेत्रीय सचिव सरोज केसीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ