arrow

पशु बधशाला सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
Badh sala.jpg

तनहुँ । व्यास नगरपालिका-३ देउराली नगरमा पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यास नगरपालिकाले रु १३ लाखको लगानीमा बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो । 

व्यास नगरपालिका क्षेत्रमा व्यवस्थित बधशाला नभएका कारण  जथाभावी पशुबध गरिँदा दुर्गन्ध फैलिन थालेपछि नगरपालिकाको सक्रियतामा बधशाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नवनिर्मित बधशालामा एकै पटक चार वटासम्म राँगा, भैँसी काट्न मिल्ने क्षमताको रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । 

पशुबध गरेपछि निस्कने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गर्ने योजना रहेको व्यास नगरपालिका कार्यालयले जनाएको छ । करिब २० घनामिटर क्षमताको बायोग्यास निर्माण गरेर बधशाला क्षेत्रमा विद्युत् प्रयोग गर्ने र बढी भएको विद्युत् स्थानीय मानिसलाई प्रदान गरिनेछ । बधशाला क्षेत्रमा मङ्गलबार मात्रै सौन्दर्यता प्रदान गर्ने किसिमका बिरुवा रोपिएको छ । 

म्याङ्गोस्ट्रिक, गोलमोल, असारे र अन्य सिजनल जातका ४२ बिरुवा रोपिएको छ । उक्त बधशालामा सरसफाइ र फूलबारी संरक्षणका लागि पुल्चोक टोल विकास संस्थाको सिफारिसमा व्यास नगरपालिकाले स्थानीय विष्णु विकलाई राखेको व्यास-३ का वडाध्यक्ष अनुप रानाले जानकारी दिए । 

नगरपालिकाले सधैँ हेरचाह र सरसफाइ गर्न नसक्ने भएकाले उक्त स्थलको हेरचाह र सरसफाइका लागि स्थानीय एक महिलालाई रोजगारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । दमौली बजार क्षेत्रमा सङ्घमा आबद्ध भई व्यवसाय सञ्चालन गर्दै आएका १०० भन्दाबढी मासु व्यवसायी रहेको मासु व्यवसायी सङ्घ तनहुँका निवर्तमान अध्यक्ष मनबहादुर केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ