arrow

कामका लागि विदेशीने नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
foreign_employment-2.jpg

काठमाडौं ।  कामका लागि विदेशीने नेपालीलाई सामाजिक सुरक्षा कोषमा  समेट्ने तयारी भइरहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् । 

बुधवार विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने बताए ।

उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने वेलामा नै समेट्न सकिने बताए ।

कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ’प्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए ।

कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले कानूनी अड्चनलाई हटाएर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे ।



नयाँ