- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।
हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो । आज युरो १ को खरिददर १३१.६३ पैसा र बिक्रीदर १३२।२६ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.३१ पैसा बिक्रीदर ८६.७२ पैसा तोकेको छ ।
जापानी येन १० को खरिददर ९.१९ पैसा र बिक्रीदर ९।२४ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने बिक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।