arrow

रुसले युरोपलाई दिने सबै ग्यास कटौती गर्न सक्ने आईईको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
ukraine-russia-gas-pipeline.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुखले रुसले युक्रेन संकटको समयमा आफ्नो राजनीतिक लाभ उठाउन खोज्दै युरोपमा निर्यात गर्दै आएको ग्यास पूर्ण रूपमा कटौती गर्न सक्ने चेतावनी दिएका छन् ।

'रुसले यहाँ र त्यहाँ विभिन्न मुद्दाहरू फेला पार्ने र युरोपमा ग्यास आपूर्ति घटाउने बहानाहरू खोजिरहेको कुरालाई अस्वीकार गर्दिन र सम्भवतः ग्यासको निर्यातलाई पूर्ण रूपमा काट्न पनि सक्छ,' आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

'यही कारणले गर्दा युरोपलाई आकस्मिक योजनाहरू चाहिन्छ,' बिरोलले अघि भनेका छन् । हालै ग्यास कटौती गर्नु हिउँदेयाममा हुने उच्च मागको बेला राजनीतिक लाभ उठाउने प्रयास हुनसक्छ ।

'तथापि आईईएले सम्भावित परिदृश्यको रूपमा पूर्ण कट-अफ देखेको छैन,' उनले भनेका छन् ।

युरोपेली संघ (ईयू) ले रुसी तेल र कोइलामाथि प्रतिबन्ध लगाएको छ । तर मास्कोबाट आपूर्तिमा ठूलो निर्भरताका कारण ग्यास आयातमा प्रतिबन्ध लगाउन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ