arrow

भूकम्पको असर: कास्कीकोटमा घरमा क्षति, किशोरी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
bhukampa-photo-of-the-year.jpg.jpeg

पोखरा । कास्कीमा बिहिवार बिहान गएको भूकम्पले कास्कीकोटको एक घरमा क्षति पुगेको छ । 

भूकम्पले कास्कीकोटको दोपरेस्थित पूर्णहरि सुवेदीको घरमा क्षति पुर्याएको छ भने घरको आँटी भत्किंदा उनकी छोरी १५ वर्षकी करिष्मा घाइते भएकी छन् । 

करिष्माको पोखरास्थित अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कास्कीमन बिहिबार बिहान ३ बजेर ५७ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ