arrow

नेकपा एकीकृत समाजवादीमा दुई लाइन संघर्ष शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
NCP-united-socialist-madhav-nepal.jpg

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीभित्र दुई लाइन संघर्ष शुरु भएको छ । एमालेमै शुरु भएको दुई लाइन संघर्ष नयाँ पार्टी गठन भएपछि पनि शुरु भएको हो । 

खासगरी अध्यक्ष माधवकुमार नेपालले जबरजस्ती मन्त्रीबाट फिर्ता बोलाउने भएपछि दुई लाइन संघर्ष शुरु भएको एस पार्टी स्रोतले जनाएको छ । माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच यो संघर्ष देखिएको हो । माधव नेपाललाई नेता मान्ने कि खनाललाई नेता मान्ने भन्ने विषयमा पनि विवाद शुरु भएको छ । 

खासगरी पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै अध्यक्ष नेपालको आलोचना शुरु भएपछि पार्टीभित्र विभिन्न ध्रुवहरु खडा हुन थालेका छन् । 
बिहीबार बसेको सचिवालय बैठकमा एस पार्टीका सम्मानित नेता खनालले पार्टीको निर्णय नमान्नेहरुलाई सरकारमा बसे पनि काम गर्न नसक्ने बताएका थिए । 

खनालको भनाइमा अधिकांशले समर्थन गरेका थिए भने नेपालले नेपाली कांग्रेसलाई दोष दिएर उम्कने कोसिस गरेका थिए । केन्द्रीय सचिवालय बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताए पनि त्यसको कार्यान्वयन भएको छैन ।

 ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उनले भनेका थिए । 

उनले पार्टीमा मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्दै हल्लामात्रै भएको बताए पनि श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेले प्रधानमन्त्रीलाई भेटेर सरकारनै ढल्ने चेतावनी दिएको र शहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रचण्डलाई भेटेकोबारे प्रचार विभाग प्रमुख खतिवडाले केही बताएका थिएनन् ।

 ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल गर्यो ? के भन्यो भन्ने कुराले अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम सर्त हुन्, पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन’, उनले भनेका थिए । उनले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको दाबी गरेका थिए । 

सचिवालय बैठक सकेर बाहिर निस्केपछि मन्त्री झाँकीले महिलाको अलग्गै पार्टी खोल्न सक्ने संकेत गरेकी छिन् । बिहीबार दिउँसो पार्टीको सचिवालय बैठकमा नेपालसँग चर्काचर्की गरेकी झाँक्रीले अपरान्ह नयाँ पार्टी खोल्ने बहस खुला गरेकी हुन् । 

झाँक्रीले फिलिपिन्सको द ग्याब्रिएला वुमेन्स पार्टीको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै पार्टीको आवश्यकता रहेको औँल्याएकी थिइन् । उनले सामाजिक सञ्जाल ट्विटरमा सो कुरा लेखेकी छिन् ‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्’, अंग्रेजी भाषामा झाँक्रीले लेखेकी थिइन् । 

पार्टी बैठकपछि झाँक्री तयारी बिनाको एउटा योजना शिलान्यास गर्न टेकु पुगेकी थिइन् । कार्यक्रमबाट फर्केपछि झाँक्रीले अपरान्ह ४ बजेतिर त्यसबारे बहस खुला गरेकस् थिइन । 

द ग्याब्रिएला वुमन्स पार्टी के हो भनेर व्याख्या गरेकी छिन् । झाँक्रीले लेखे अनुसार ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी हो । जसले महिलाको विषय र प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्वका विषयमा वकालत गर्छ । 

माधव नेपालले दुईहप्ता अघि नै आफूहरुलाई थाहै नदिइ मन्त्रीबाट फिर्ता गराउने निर्णय गरेकामा झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्झाइबुझाइ गरेर मन्त्री पद थमाएका थिए । 

सचिवालय बैठकमा माधव नेपालले अब केही घण्टामै मन्त्री फेर्ने सूचना दिएका थिए । माधव नेपालको शैलीसँग पूर्ण रुपमा असहमत भएकी झाँक्रीले महिलावादी पार्टीको बखान गरेर विद्रोहको संकेत गरे पनि उनले यो विषयमा केही तयारी गरेकी छिन् त भन्ने प्रश्न उठेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ