arrow

भारी छुटमा किन्दैछ भारतले रुसको तेल, आयात ५० गुणाले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
ak_usoil.jpg

काठमाडौं । युक्रेन-रुस युद्धका बीच विश्वभर तेलको हाहाकार भएको समय भारतले भने विशेष प्याकेजमा रुसी तेल भित्राइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम कूटनीतिका कारण रुस र अमेरिकासँग भारतको सम्बन्ध सन्तुलनमा रहेको छ । यसैको फाइदा उठाउँदै भारतले भारी मूल्य छुटमा रुसको तेल किनी रहेको हो ।

मे महिनामा भारतीय कम्पनीहरूले रुसबाट २ करोड ५० लाख ब्यारेल तेल किनेका थिए। युक्रेनसँगको युद्धका कारण रुसले भारतलाई छुट दिएर तेल बिक्री गरिरहेको छ ।

भारतको अप्रिलदेखि रुसी तेल आयात ५० गुणा बढेको छ । 

योसँगै भारतको कुल कच्चा तेल आयातमा रुसको हिस्सा बढेर १० प्रतिशत पुगेको छ । युक्रेन युद्धअघि कुल तेल आयातमा रुसको हिस्सा ०.२ प्रतिशत थियो।

अब रुस भारतको शीर्ष १० तेल आपूर्तिकर्ता राष्ट्रहरू भित्र परेको छ। निजी कम्पनी रिलायन्स इन्डस्ट्रिज र रोजनेफ्टको नाइरा इनर्जीको रुसी तेल खरिदमा झण्डै ४० प्रतिशत हिस्सेदारी रहेको छ । 

गत महिना रुसले भारतलाई तेल निर्यातको मामिलामा साउदी अरबलाई उछिनेर दोस्रो ठूलो आपूर्तिकर्ता बनेको थियो। इराक भारतलाई सबैभन्दा ठूलो तेल आपूर्ति गर्ने देश हो । 

यता नेपाल सरकारले  भारतबाट तेलको आयात गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ