arrow

पोखरामा श्रीमानले श्रीमतीलाई दिए मिर्गौला, पहिलोपटक सफल प्रत्यारोपण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
doctor team pokhara.jpg

पोखरा । पोखरामा पहिलोपटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । कास्कीकी ५० वर्षीया एक महिलाको मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएको हो ।

ती महिलालाई आफ्नै ५१ वर्षका श्रीमानले मिर्गौला दिएका हुन् । श्रीमानको मिर्गौला श्रीमतीकोमा मिल्नुलाई पनि एउटा संयोग मान्न सकिन्छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरा र भक्तपुरका चिकित्सकहरूको टोलीले पाँच घण्टामा मिर्गौलाको सफल प्रत्यारोपण गरेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीका अनुसार मिर्गौला फेल भएपछि महिलाले प्रतिष्ठानमै डायलासिस गराउँदै आएकी थिइन् । 

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा गत वर्षको असारदेखि मिर्गौला प्रत्यारोपणको तयारी शुरु गरिएको थियो । डा. खत्रीका अनुसार सबै कानूनी प्रक्रिया पूरा गरेर मिर्गौला दान र प्रत्यारोपण गरिएको हो । 

मिर्गौला प्रत्यारोपणमा भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिमसहित पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं, डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको टिम खटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ