arrow

 पोखराको सुइँखेत फाँट डुवानमा, ६०० घर प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
4.jpg

पोखरा । पोखरा महागरपालिका वडा नं. २५ स्थित सुइँखेत फाँट डुवानमा परेको छ । अविरल र भारी वर्षाका कारण फाँटका घरहरु डुवानमा परेको हो । सो डुवानले करिब ६०० घर प्रभावित भएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए । डुवान क्षेत्रबाट करिब ४०० जनाको उद्धार गरिएको बताइन्छ ।

बाढीले त्यहाँका कतिपय घर, गोठ र कृषि फार्महरुलाई पुरेको उनले बताए । घर, गोठ डुवानमा परेपछि स्थानीय आफन्तको शरणमा पुगका छन् । बाढी र डुवानले ठूलै क्षति पुर्याएको वडाध्यक्ष तिमिल्सिनाले बताए । 

राजमार्ग चौडा गर्नेक्रममा पानीको निकाश नबनाइएका कारण खोलामा बाढी आउँदा बस्ती र फाँटमा पसेको तिमिल्सनाले बताए । पानीको सतह घटेपछि क्षतिको विवरण विवरण संकलन गरिने उनले बताए । मानवीय क्षति नभएपनि भौतिक क्षति ठूलै भएको तिमिल्सिनाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ