arrow

फुर्से खोलाले बगाउँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
child-death-sink-pond.jpg

पोखरा । पोखरामा गएराति फुर्से खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २२ का ५० वर्षीय टेकनाथ बराल रहेका छन् ।

कास्की प्रहरीका अनुसार खोला तर्नेक्रममा शुक्रबार राति बेपत्ता भएका बराल शनिबार बिहान मृत भेटिएका हुन् । बरालको शव आज बिहान ७ बजे पोखरा-२२ कै पिपलडालीस्थित खेतको बिचमा भेटिएको प्रहरीले जनाएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ