arrow

सेती नदी खोँचमा शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
Seti Nadi.jpg

तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । 

मृतक पुरुषको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । वर्षायामको समय भएकाले नदी, खोलाले बगाएर ल्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ