arrow

सेभेरोडोनेत्स्कको पतन अर्थात् मारियुपोलपछि रुसको अर्काे ठूलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
Severodonetsk-russia-ukraine-war.jpg

काठमाडौं। पूर्वी युक्रेनी शहर सेभेरोडोनेत्स्कका मेयरले शहरलाई रुसी सेनाले पूर्ण रूपमा कब्जा गरेको बताएका छन् । प्रमुख रणनीतिक सहरमा करिब एक महिना भन्दा लामो समयदेखि लडाइँ जारी रहेको र यसले बलियो युक्रेनी प्रतिरोधलाई समेत झल्काएको उनको भनाइ छ ।

दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो द्धन्द्ध पाँचौं महिनामा प्रवेश गर्दा शनिबार युक्रेनको पश्चिमी, उत्तरी र दक्षिणी भागहरूमा रूसी मिसाइलहरूको वर्षा भएको बताइएको छ ।

युद्धअघि १ लाख भन्दा बढी जनसंख्या भएको तर, अहिले रूसी तोपखानाले भग्नावशेषमा परिणत सेभेरोडोनेत्स्कको पतन गत महिना मारियुपोल बन्दरगाह सहर कब्जा गरेयता मास्कोको सबैभन्दा ठूलो जित हो ।

सेभेरोडोनेत्स्क सहरको पतनले युक्रेनको पूर्वमा यसअघि सुस्त प्रगती हात पारिरहेको मास्कोलाई थप फाइदा पुर्याएको छ । 'शहर अब पूर्ण रुसी कब्जामा छ,' सहरका मेयर ओलेक्जेन्डर स्ट्र्युकले राष्ट्रिय टेलिभिजनमा भनेका छन् । यस्तै उनले सहर पूर्णरुपमा अलग गरिएको बताउँदै यदि कोही पछाडि छुटेको छ भने त्यो अब युक्रेन नियन्त्रित क्षेत्रमा पुग्न नसक्ने समेत बताएका छन् ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले सहरको अजोट रासायनिक प्लान्टलाई प्रतिरोधको अर्को केन्द्रमा परिणत गर्ने युक्रेनी प्रयास असफल भएको बताएका छन् ।

'सफल आक्रामक अपरेसनको परिणाम स्वरूप एलपीआर (लुहान्स्क जनवादी गणतन्त्र)को जनताको मिलिशियाका एकाइहरूले रूसी सेनाको समर्थनमा सेभेरोडोनेत्स्क र बोरिभ्सके शहरहरूलाई पूर्ण रूपमा मुक्त गरेका छन्,' उनले अघि भने ।

रुसले किभ कब्जा गर्न नसकेपछि आफ्नो युद्ध केन्द्र पूर्वी युक्रेन बनाएको छ । त्यहाँ रुसी भाषी र अलगवादीहरुलाई समर्थन गर्दै रुसले त्यहाँबाट युक्रेनी सेनाविरुद्ध आक्रमण जारी राखेको छ । बीबीसीकाे सहयाेगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ