arrow

टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
TC-global-No-one-cg-groups.jpg

काठमाडौँ। नयाँ आयाम र उत्पादनहरूको डिजाइन थप्न सधैँ अग्रसर टिसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टिसीएल  ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड प्रमाणित गरेको छ। टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनले प्रख्यात भएको छ।

ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत वर्ष सन २०२१मा १८करोड ९०लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो। त्यस मध्य ७ करोड ३२ लाख वटा एन्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएको थिए, जसको २०।७५ टिभी यानी एक करोड ५१ लाख वटा टिसीएलको टिभीको सिपमेन्ट भएको थियो, जसले टिसीएललाई मार्केट सेयरको आधारमा ग्लोबल नम्बर १ एन्ड्रोइड स्मार्ट टिभी ब्रान्ड बनाएको छ।

टिसीएल ब्राण्डले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल भएको छ। ३२ देखि ७५ इन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरूमा उपलब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके,फोरके यूएचडि, कर्भड स्मार्ट का साथै गुगल टिभी पनि भित्र्याएको छ। ग्राहकहरूको उच्च रोजाई बन्न सफल भएको टिसीएल ब्राण्डले आफ्ना टिभीहरूमा ३ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ।

नेपालमा टिसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरू चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सको इओएल मार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ। 

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ