arrow

माछापुच्छ्रे बैङ्कद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
mbl-halesi-mahadev-temple-csr.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ।

बैङ्कद्वारा असार ११ गते शनिवार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेश कुमार राउतको उपस्थितिमा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त मेसिन हस्तान्तरण गरेका हुन्।

हाल प्रसिद्ध हलेसी मन्दिरमा दैनिक रूपमा सयौँ दर्शनार्थीहरू दर्शन गर्न आउने भए पनि मेसिनको अभावमा एक दिनका के कति दर्शनार्थी दर्शन गरे भन्ने कुराको रेकर्ड मन्दिरसँग नभएकाले बैङ्कले उक्त कुरालाई मध्यनजर गर्दै भक्तजनको सङ्ख्या गन्ने मेसिन हस्तान्तरण गरेको हो।

बैङ्कले प्रदान गरेको मेसिनमा सिसी टिभी क्यामेरा जडान गरिएको हुनाले उक्त मेसिनले भक्तजनको सङ्ख्या गन्नुका साथै मन्दिरको सुरक्षामा समेत सघाउ पुर्‍याउने छ। आन्तरिक पर्यटकको लागि आकर्षणको केन्द्रको रूपमा रहेको प्रसिद्ध हलेसि मन्दिरको संरक्षण र प्रवर्द्धनको लागि बैङ्कले मन्दिरलाई उक्त मेसिन हस्तान्तरण गरेको हो।

माछापुच्छ्रे बैङ्कले विशुद्ध बैङ्किङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न सङ्घ सस्ताहरूलाई सहयोग गर्दै आएको छ। त्यस्तै बैङ्कले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।

माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैङ्किङ सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।



नयाँ