arrow

केन्टको वाटर प्युरिफायरको शुद्धीकरण प्रक्रिया धेरै, हैजासहितका रोग नियन्त्रणमा मद्दत  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
kent-mineral-cg.jpg

काठमाडौं । चौधरी ग्रुप सीजीले वाटर प्युरिफायरको प्रयोग गरेर हैजा लगायतका पानीजन्य रोग नियन्त्रण गर्न सकिने जनाएको छ । सीजीले आजकल सुरक्षित र शुद्ध पिउने पानी सहज रूपमा उपलब्ध नहुँदा दूषित पानी पिउनाले मनसुनको मौसममा झाडापखाला, डेसेन्टरी र हैजाजस्ता घातक पानीजन्य रोगहरू लाग्न सक्ने भन्दै त्यस्ता रोगबाट बच्नका लागि केन्ट आरओ वाटर प्युरिफायर उपयुक्त साधन हुने बताएको हो । 

स्वास्थ्यलाई मध्यनजर गर्दै सीजीले स्वास्थ्यसँग कुनै सम्झौता गर्न नसकिने भन्दै शुद्ध पिउने पानी सबैलाई वाटर प्यूरिफायरको प्रयोग उत्तम विकल्प हुने बताएको हो । 

गम्भीर तथ्याङ्क प्रस्तुत गर्दै सीजीले भनेको छ, ‘हैजा महामारी हो र यो काठमाडौं उपत्यका सहित नेपालका विभिन्न भागहरूमा देखिएको छ । यो भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने तीव्र, पानीको पखाला हो । उपचार बिना, रोगले लक्षणहरू शुुरु भएको केही घण्टा भित्र गम्भीर निर्जलीकरणबाट मृत्यु पनि हुन सक्छ । पिउने पानीलाई मलको प्रदुषणबाट जोगाउन नसकिने ठाउँहरू जस्तै घना जनसंख्या भएको शहरी क्षेत्र र बस्तीहरूमा छिट्टै हैजा फैलिन सक्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने १३ लाख मानिस देशकै सबैभन्दा बढी प्रभावित र जोखिममा छन् ।’

यही तथ्याङ्कलाई मध्यनजर गर्दै सीजीले धाराकोे पानी वा बोरवेलको पानी पनि सुरक्षित नहुने भन्दै हैजा जस्तो रोगहरूबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय पानीबाट घुलनशील अशुद्धता मात्र हटाउने नभइ भाइरस र ब्याक्टेरियाजस्ता रोगजन्य किटाणुहरुलाई पनि नस्ट गर्ने वाटर प्यूरिफायर उपयोग गर्नु भएको बताएको हो । 

सीजीका भन्छ, ‘आरओ + युभी + युएफ + टीडीएस कन्ट्रोल सहितको बहु शुद्धीकरण प्रक्रिया भएको आरओ वाटर प्युरिफायर तपाईको पिउने पानी सुरक्षित र शुद्ध छ भनी सुनिश्चित गर्नको लागि उपयुक्त हुन्छ । बजारमा सबैभन्दा राम्रो वाटर प्युरिफायर हो भनी प्रमाणित गर्नको लागि वाटर प्युरिफायरको गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू हुनुपर्छ । केन्ट आर ओ वाटर प्युरिफायरहरू विश्वसनीयता, सुरक्षा र गुणस्तरका साथ–साथै अत्यधिक भरपर्र्दोे पनि छन् ।’

के छन् केन्ट आरओ वाटर प्युरिफायरका सुविधाहरू–
सीजीले प्रेस विज्ञप्ति जारी गरी दिएको जनाकारी अनुसार आरओ + यूभी + यूएफ + टीडीएस कन्ट्रोल सहितको बहुशुद्धीकरण प्रक्रिया, आवश्यक खनिजहरूको अवधारण, पानी सफा र शुद्ध राख्न भण्डारण ट्याङ्कीमा यूभी एलईडी र उत्कृष्ट गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ