arrow

मन्त्रालय छोड्दा आँशुले भरिए रामकुमारी झाँक्रीका आँखा, अध्यक्षसँग गुनासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
ramkumari.jpg

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्री भावुक हुँदै मन्त्रालयबाट बिदा भएकी छन् । सरकारले नयाँ चार मन्त्री थपेपछि उनको हातबाट मन्त्रालय गएको हो । 

आइतबार पत्रकार सम्मेलन गरेर झाँकीले मन्त्रालयका सचिव सचिवलाई धन्यवाद दिइन् । आठ महिनापछि मन्त्री पद छोड्नु पर्दा झाँक्रीको आँखा आँसुले भरिएको थियो । उनले बेला बेला टिस्युले आशु पुछ्दै आफ्ना कुरा राखिन् ।

पत्रकारले प्रश्न सोध्दा  उनले भावुक प्रश्न नगरी अलि रिस उठ्ने प्रश्न गर्न आग्रह गरिन् ।   बारम्बारको आग्रहपछि उनले पार्टीबाट भन्दा पनि मिडियाबाट आफूले जानकारी पाएको गुनासो गरिन् । उनले भनिन्,' पार्टीबाट निर्णय भएर आएका थियौ  । साथीहरूले काउण्डाउन सुरु गर्नु भएको रहेछ । हामीले अगाडि जानकारी पाए छोड्छौ भनेकै थियौ । बजेटको काममा थिए ।  ३ बजे आउनु भनेपछि जाँदा थाहा पाए । हामीले पहिला जानकारी दिनू भनेका थियौँ । मिडियाबाट नदिनुहोस् है भनेका थियौँ तर मिडियाबाट थाहा भयो । तर पनि केही छैन ।' 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूलाई काम गर्ने समय दिएको उनले सुनाइन् । उनले भनिन् 'बजेट बनाएको छौ आफ्नो बजेटमा डिफेन्स गर्छौ भनेर पार्टी अध्यक्षलाई भनेर आयौ  । त्यसपछि पीएमलाई सोध्न गयौ । पीएमले भन्नुभयो बजेटसम्म चाहिँ तपाईँहरूले काम गर्नुस् । पीएमले मुख्य सचिवलाई त्यहीबाट निर्देशन दिनुभयो । अहिले मन्त्री फेर्ने कुरा होइन काम गर्ने वातावरण बनाउनुस् ।'  

उनी पुन भावुक हुँदै भनिन्, 'हामीले केही समय मागेका थियौ । त्यसमा अनेक अडकल बाजि भए । आज राष्ट्र सभामा जवाफ दिएर मेरो ढङ्गले धन्यवाद भनेर हिँड्न चाहन्थे ।  पार्टीले हाम्रो कुरा कार्यान्वयन गर्नु थियो । हाम्रो कुरा थियो बजेटको डिफेन्स गर्ने । पास सांसदले गर्छन् ।  अरू कुरा पछि गरुँला आज म बोल्ने सकिन धन्यवाद ।'

शहरी विकास मन्त्रालयले उनको बिदाइ स्वरूप सो कार्यक्रम गरेको थियो । कार्यक्रममा मन्त्रालयका कर्मचारीका, निकाय तथा विभागका प्रमुखहरू थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ