arrow

दुई सय ६३ दिन मन्त्री भएर के गरे प्रेम आलेले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
prem-ale-ncp-as-2079.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आइतबार पदबाट राजीनामा दिए । पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाएपछि उनले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनसमेत गरे । उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध खबरदारी निरन्तर रहने बताए । 

‘म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु’ पत्रकार सम्मेलनमा आलेले भने । 

आफूले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै उनले ती दिनहरु बितेको आफूलाई पत्ता नभएको बताए । उनले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए । 

जनताले आफ्नो काममको समीक्षा गर्ने उनको भनाइ थियो । उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए । ‘पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे’, उनले भने ।

काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको उनको दाबी थियो । 

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । 

तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि  पार्टीमा विवाद देखिएको थियो । यस बीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । तर आलेसहितका ६ जनाले फिर्ता लिएका थिए । उनीहरुले मन्त्रीबाट राजीनामा नदिने अडान राख्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ