arrow

वर्षाका कारण हारेको महिला क्रिकेट टोली स्वदेश फर्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
nepali-women-cricket-team.jpg

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार बिहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरे पनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल एसिया कप महिला टी-२० क्रिकेट खेल्नबाट वञ्चित भएको छ ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर बाहिरिनुपरेकोमा दुःख व्यक्त गरे । समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाल अभागी साबित भएको टमाटाको भनाई छ । अबका दिनमा थप मिहिनेत गरेर टोलीलाई बलियो बनाउने उनको प्रतिबद्धता छ । 

 टमाटाले भने,' बुमेन्स क्रिकेटको थुप्रै टुर्नामेन्छ छ २०२४ सम्म । यसलाई कन्टिन्युटि दिनुपर्यो । एक्पोजर भेरी इम्पोर्टेन्ट हो र रेगुलर प्रयाक्टिस । यि कुरा भयो भने हामीहरू धरै माथि जान्छौँ । सबले हाम्रो तारिफ गरेको छ, तर ब्याडलक, एउटै म्याचले गर्दा बाहिर भयौँ । फेरी स्ट्रङ भएर आउनेछौँ ।'

नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले वर्षाका कारण युएईसँगको खेल रद्द हुँदा धेरै घाटा लागेको बताइन् । युएइजस्तो बलियो टोलीलाई ८० रनमै अलआउट गरेपछि खेल आफूहरूले जित्ने अपेक्षा गरेको तर वर्षाले खेल्न नपाएपछि बाहिरिनुपरेको क्षेत्रीले बताइन् । 

उनले भनिन् ,' प्लेयर्सले आफ्नो काम गरेकै हो । कोचिङ स्टाफहरूले पनि आफ्नो काम गरेकै हो । त्योअनुसार हामीले पर्फम पनि गरेकै हो । अब कोही कोही बेला भनौँ न । जबसम्म लेखिएको हुँदैन तबसम्म आउँदैन कि क्या हो । यत्रो कोसिस गरेर युएई जस्तो टोलीलाई अहिलेको अवस्थामा अलआउट गरेर ८१ रनमा रोक्नु भनेको धेरै ठूलो एचिभमेन्ट हो । अलआउट गरेर ड्रेसिङ रुममा गयौँ, हामीलाई थाहा पनि थिएन पानी परेको हामी ब्याटिङ गर्न तयार थियौँ, क्लाइमेट हेरेर ५ ओभर चाहिँ खेल हुन्छ भन्ने अपेक्षा थियो । तर पानी पर्‍यो जितेको म्याच नखेलीकन आउनुपर्दा नराम्रो फिल भयो ।'

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान भएकाले नेपाल फाइनल प्रवेश गरेको भए एसिया कपमा छनौट हुन्थ्यो । तर नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भएको हो ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ