arrow

शताब्दीमा पहिलो पटक विदेशी ऋण चुक्ता गर्न रुस असफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
russia-moscow.jpg

काठमाडौं । पश्चिमी प्रतिबन्धहरूले मास्कोको भुक्तानी मार्ग अवरुद्ध भएपछि रुस सन् १९१८ पछि पहिलो पटक आफ्नो विदेशी ऋण चुक्ता गर्नबाट चुकेको छ ।

आइतबार करिब १० करोड डलरको ग्रेस अवधि सकिएपछि रुसले आफ्नो विदेशी मुद्रा सार्वभौम ऋणमा डिफल्ट गरेको हाे । यसकाे आधिकारिक पुष्टि हुन भने समय लाग्नेछ ।

रुसले भने ऋण तिर्न टन्नै पैसा रहेको र आफू तयारसमेत भएको भन्दै विदेशी ऋण डिफल्ट गरेको भन्नु हाँस्यास्पद एवं असम्भव भएको टिप्पणी गरेको छ ।

फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् । ती प्रतिबन्धकै कारण रुस विश्वव्यापी वित्तीय प्रणालीबाट अलग भएको छ ।

'यो इतिहासको ठूलो वाटरशेड डिफल्टहरू मध्ये एक हुन गइरहेको छ,' लुमिस सेल्स एण्ड कम्पनी एलपीका वरिष्ठ सार्वभौम विश्लेषक हसन मलिकले ब्लूमबर्गलाई भनेका छन् ।

'यो एक धेरै भन्दा धेरै दुर्लभ कुरा हो, जहाँ साधन (पैसा) भएको सरकार बाह्य सरकारका कारण विदेशी ऋण चुक्ता गर्नबाट बञ्चित हुन बाध्य परेको छ,' उनले अघि भनेका छन् ।

यदि २५ प्रतिशत लेनदारहरुले आफ्नो पैसा पाएनन् भने रुस औपचारिक रुपमा डिफल्ट घोषित हुन सक्छ । यसले रुसका अन्य विदेशी बन्डहरुलाई पनि डिफल्टमा परिणत गरिदिन सक्छ र बन्डधारकहरूले अदालत मार्फत पुनः भुक्तानी खोज्न सक्नेछन् ।

रुसका अर्थमन्त्री एन्टोन सिलुआनोभले गत साता अदालतबाट डिफल्ट घोषणा गर्नु भनेको 'कूटनीतिक सम्बन्ध तोड्ने र प्रत्यक्ष द्वन्द्वमा प्रवेश गर्नु बराबर' हुने चेतावनी दिएका थिए ।

'र यसले हामीलाई पूर्ण रूपमा फरक नियमहरूको साथ फरक संसारमा राख्नेछ। हामीले यस मामलामा कानुनीबाटो बाट नभएर फरक तरिकाले प्रतिक्रिया दिनुपर्नेछ,' सिलुआनोभले बिहीबार भनेका छन् ।

सन् १९१८ मा बोल्सेभिक नेता भ्लादिमिर लेनिनले अपदस्थ जार शासनको दायित्वलाई स्वीकार गर्न अस्वीकार गरेयताको यो पहिलो ठूलो विदेशी ऋण डिफल्ट हुनेछ।

सन् १९९८ को आर्थिक पतनको समयमा रूसले सार्वजनिक र निजी ऋणमा डिफल्टको सामना गरेको थियो ।

अमेरिकाले मास्कोलाई रुसमा रहेको डलरमा भुक्तानी गर्न अनुमति दिने छुट समाप्त गरेपछि रूसको अर्थ मन्त्रालयले बुधबार नयाँ भुक्तानी प्रणालीमा प्रवेश गरेको छ । 

नयाँ प्रणाली अन्तर्गत मन्त्रालयले ऋण कुपनको मूल्य बराबरको रूबल मास्कोस्थित नेशनल सेटलमेन्ट डिपोजिटरीमा स्थानान्तरण गर्नेछ । नेशनल सेटलमेन्ट डिपोजिटरीले लेनदारहरूलाई केन्द्रीय बैंकको दर अनुसार रूबलमा प्रतिपूर्ति गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ