arrow

धादिङका पाँच गाउँपालिका अध्यक्षहरुबीच भेटघाट र छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
tripurasundari.jpg

धादिङ । धादिङका पाँच गाउँपालिकाका अध्यक्षहरुबीच आज भेटघाट भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा उनीहरुबीच भेटघाट र गाउँपालिकाको कार्यालयबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बताइन्छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, गंगाजमुनाका भक्तबहादुर लामा, ज्वालामुखीका यमनाथ दनै, नेत्रावतीका मेघनाथ रिजाल र सिद्धलेकका परशुराम खतिवडाबीच भेटघाट र सहार्यका विषयमा छलफल भएको हो । 

नेपालको संविधान अनुसार संघीयताको मूल मर्म समन्वय, सहअस्तित्व र सहकार्यको सिद्धान्तलाई अवलम्बन गर्दै नदी, खोला, वन जस्ता प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापन, वातावरण संरक्षण, विपद व्यवस्थापन, पूर्वाधार विकास, पर्यटन र खेलकुद क्षेत्रको विकासजस्ता विषयहरुमा छिमेकी पालिकाबीच समन्वय र सहकार्य गर्ने त्रिपुरासुन्दरी गाउँपालिकाको नीति रहेको र सोही विषयमा छलफल भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिए । 

भेटघाट एउटा संयोगले भएपनि निकै महत्वपूर्ण विषयहरुमा छलफल भएको उनले बताए । छलफल प्रारम्भ भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै सहकार्य गर्न सकिने विषयहरु कार्यान्वयनमा लैजानका लागि पाँचै अध्यक्षहरु एकमत भएको उनले स्पष्ट पारे । 

अध्यक्ष उप्रेतीले स्थानीय तह र जिल्लाको विकास निर्माणका सवालमा अन्य पालिका प्रमुखसंग पनि छलफल र अनुभव आदान-प्रदान हुने बताए । शुरुमा पाँच पालिका प्रमुखसंग भेटघाट भए पनि आगामी दिनमा जिल्लाका १३ वटै पालिका प्रमुखबीच भेटघाट गरेर सहकार्य एवं विकास निर्माणका सन्दर्भमा छलफल गरिने उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ