arrow

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडिमा प्रसारण हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
csl-action-sports-dishhome.jpg

काठमाडौँ। चाइनिज सुपर लिग फुटबलको खेलहरूको नेपालमा प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ। 

पहिले चाइनिज जियाए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एसोसिएसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सिएलएस)को नामबाट सुरु भएको थियो। चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

चाइनिज सुपर लिगलाई दर्शकहरूका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरूका लागि पनि आकर्षणको केन्द्रको रूपमा लिइन्छ। यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओसकार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कङ्गोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्व स्तरीय खेलाडीहरू विभिन्न क्लबहरूबाट प्रतिस्पर्धा गर्दै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ