arrow

 रामचन्द्र पौडेलले सोधे - झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
ramchandra-poudel2.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको नाराले मात्र मुलुकमा समाजवाद आउन नसक्ने बताएका छन् । सोमबार राजधानीको एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सोधे- रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

 पौडेललेले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गरे । उनले नेकपा एकीकृत समाजवादीतर्फ इङ्गित गर्दै भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्त्वपूर्ण छ ।’

नारा समाजवादकोको लगाउने तर व्यवहार घोर प्रतिक्रियावादी सामन्तवादीको गर्ने प्रवृत्ति देखिएको बताए ।
 

 



लोकप्रिय समाचार
नयाँ