arrow

सपिङ मलमा रुसी मिसाइल आक्रमण, १६ युक्रेनीको मृत्यु, ५९ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
russia-attack-ukrain-shopping-mall.jpg

काठमाडौं । क्रेमेन्चुकको मध्यशहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।

‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ ।  तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने । हमला भएको समयमा मलभित्र झण्डै एक हजारको संख्यामा मानिसहरु रहेको बीबीसीले लेखेको छ । 

सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए । 

‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए । क्रेमेन्चुक शहरको जनसंख्या २ लाख २० हजार छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ