arrow

तेल सकिएपछि श्रीलंका सरकारले कर्मचारीलाई घरबाटै काम गर्न दिन निजी क्षेत्रलाई गर्‍यो अपील 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
srilanka-oil-crisis.jpg

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपीलसमेत गरेको छ ।

‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भने । अभावका लागि उनले उपभोक्तसँग माफीसमेत मागे । ‘मानिसहरुमा पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दर्छो’, उनले अगाडि भने । 

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र पाएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ । इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयतका लागिसमेत रकम तिर्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ