arrow

चीनमा महिलामाथि भएको ‘निर्मम’ आक्रमणबाट अत्याचारको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
china-attack-women.jpg

काठमाडौं । केही दिनअघि चीनको उत्तरी हेवेइ प्रान्तको तान्गसान शहरमा पुरुषहरूको एक समूहले महिलाहरूमाथि निर्मम आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनापछि प्रहरीले नौ जनालाई गरिफ्तारसमेत गरेको थियो ।

उक्त भिडियाले चीनमा महिलाहरुमाथि हुने गरेको हिंसा एवं अत्याचारको एक हिस्सालाई बाहिर ल्याएको छ । महिलामाथि क्रुर आक्रमण भएको भिडियोलाई लिएर सामाजिक सञ्जालमा विश्वले आक्रोश पोखेको थियो ।

यसभन्दा बढी चीनमा लैगिंक हिंसाको विषयलाई लिएर विश्व जगतमा बहसको विषयलाई उठान गरेको छ । एउटा रेस्टुरेन्टमा बिहानको करिब ३ बजेतिर उक्त घटना भएको थियो ।

आफ्नो ढाडमा हात राख्ने एकजना पुरुषलाई एक महिलाले पर घचेटेपछि सुरु भएको आक्रमणमा पुरुषले महिलामाथि निर्मम कुटपीट गरेको भिडियोमा देख्न सकिन्छ ।

सुरुमा महिलासँ निहुँ खोज्ने ती पुरुषले कुटपिट गरेर अन्य पुरुषहरूले ती महिलालाई रेस्टुरेन्ट बाहिर लगेर भुईँमा लडाए देखिन्छ । ती पुरुषहरूले पीडित महिलाका अन्य साथीहरू माथि पनि कुटपीट गरेको भिडियोमा देख्न सकिन्छ ।

यस घटनामा घाइते दुई महिला अस्पतालमा भर्ना गरिएका थिए । उनीहरूको स्थिति खतरामुक्त थियो ।

माओ त्से तुङले एकपटक ‘महिलाले आधा आकाश समात्छन्’ भनेर प्रख्यात रूपमा भनेका थिए । तर दशकौंपछि उनको महिला समानताको घोषणाले कुनै पनि आकार वा रूपमा फल दिन सकेको छैन। 

आज महिलाहरुले कार्यस्थल, राजनीति र घरमा भेदभावको सामना गरेका छन् भने, नारीवादी आन्दोलनहरू कुल्चिइएका छन्। महिला संरक्षणका लागि कानुनलाई सुदृढ गर्ने र सजायको दायरा बढाउने कुरा अघि बढ्न सकेको छैन ।

त्यहाँ महिलाअधिकारकर्मीहरुमाथि बल प्रयोग हुने गरेको छ भने मीटू जस्ता अभियानहरु दमनमा परेका छन् ।

विश्वकै टेनिस स्टार पेङ शुआइले एक शीर्ष चिनियाँ नेतालाई यौन दुर्व्यवहारको आरोप लगाएपछि उनी सार्वजनिक दृष्टिकोणबाट हप्तौं बेपत्ता भएकी थिइन् । उनको पोस्ट पनि सेयर गरेको केही मिनेटमै डिलिट भएको थियो ।

यस वर्षको शुरुमा राष्ट्रपति सी चिनफिङको नेतृत्वमा बेइजिङले स्ट्याम्प आउट गर्न आफ्नो प्रयासलाई तीव्रता दिएको थियो । जसमा सामाजिक सञ्जालमा नारीवादी आवाज उठाउने दर्जनौं खाताहरू अकाउन्ट बन्द गरिएको थियो । चीनमा महिला हिंसाका घटना बढ्दाे छन् भने ती घटनाहरु कुल्चिने गरेको आरोप चीन सरकारमाथि छ ।

चीनमा महिलामाथि भएकाे आक्रमणकाे भिडियाे:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ