arrow

बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो ।

 ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, स्थानीय तह, सर्वसाधारण सहितको सेयर राखेर बनाउने निर्णय भएको उनले जानकारी दिए ।

केही समय अघिको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई नदिइ स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ