arrow

'म बलात्कारपछि जन्मिएँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
kayla-1.jpg

काठमाडौं ।  इब्‍लूइब्‍लूईकी प्रसिद्ध उद्घोषक कायला ब्रेक्सटनले आफूलाई बलात्कारपछि जन्मिएको अवैध सन्तान भएको बताएकी छिन् ।  ब्रेक्सटनको बयान अचानक आएको भने होइन। अमेरिकी सर्वोच्च अदालतले विगतमा गर्भपतनमा प्रतिबन्ध लगाएको छ। अर्थात् महिलाबाट गर्भपतनको अधिकार खोसिएको छl  । 

ट्विटरमा ट्विट गर्दै उनले लेखिन् - 'मेरी आमा बलात्कृत भइन् । उनी गर्भवती भइन् र त्यसपछि म यो संसारमा आएँ। आज पनि मलाई मेरो बुवा को हो थाहा छैन।'

अमेरिकी सर्वोच्च अदालतले शुक्रवार गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो फैसलालाई उल्टाएको छ । सन् १९७३ मा भएको 'रो बनाम वेड' मुद्दामा महिलाले गर्भपतन गरेको संवैधानिक संरक्षणलाई अदालतले खारेज गरेको छ । यो निर्णयपछि देश दुई गुटमा विभाजित भएको छ । एउटा पक्षले कडा विरोध गरिरहेको छ, अर्कोले यसलाई ऐतिहासिक भन्दै स्वागत गरिरहेको छ ।

उनले लेखेकी छन् 'मेरी आमालाई एक अपरिचित व्यक्तिले बलात्कार गरे । म त्यो क्रूरता पछि जन्मेको हो। मेरो जैविक पिता को हो भन्ने मलाई अझै थाहा छैन। कुनै पनि महिलामाथि कानुन थोपर्नु हुँदैन । एउटी महिलाले चाहेमा बच्चा जन्माउन सक्छिन्, नचाहेको खण्डमा उसले आफैँ निर्णय गर्नुपर्छ । महिलालाई आफ्नो रोजाइ र निर्णय आफैले गर्ने स्वतन्त्रता हुनुपर्छ।'

सन् १९७३ मा 'रो बनाम वेड' को फैसलापछि अमेरिकामा कानुनी रूपमा करिब ५ करोड गर्भपतन भएका छन् । २०२० मा मात्रै, प्रत्येक ५ अमेरिकी महिलामध्ये एकले गर्भपतन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ