arrow

आठ वर्षे बालकले चलाए गोली, एक वर्षे बालकको मृत्यु, दुई वर्षे बालिका घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
bullet-goli.jpg

काठमाडौं । अमेरिकाको फ्लोरिडामा आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । गोली लागेर सानी बहिनी घाइते भएकी छिन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ । 

उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ । उनीमाथि लापरबाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा  प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए । 

उक्त वियोगान्त घटना एउटा होटलमा भएको थियो । आपराधिक रेकर्ड भएका रोडिकले होटलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन् ।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रान्डल आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका थिए । 

उनी बाहिर गएपछि छोराले त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए ।

‘बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा एक वर्षको बच्चामा फायर गर्छ ।  अन्ततः एक वर्षको बच्चालाई मार्छ । त्यसपछि फेरि गोली चल्छ  । उनको गोली लागेर दुई वर्षको बच्चामध्ये एक घाइते भएका छन्’, पत्रकार सम्मेलनमा प्रहरीले भन्यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ