बैङ्कका पैसा नतिरी फरार रहेका माल्या अदालतको फैसला उल्टाउने दाउमा
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
854
Shares
काठमाडौं । भारतमा आर्थिक अनियमितता गरेर फरार रहेका व्यापारी विजय माल्याले आफ्नो विरुद्धको फैसला उल्टाउने प्रयासमा बेलायतको अदालतमा पुनरावेदन गरिरहेका छन् ।
उनीमाथि भारतका १३ वटा बैङ्कको ऋण नतिरी बेलायत भागेको आरोप छ। स्टेट बैङ्क अफ इण्डिया (एसबिआई)ले नेतृत्व गरेको १३ बैङ्कको टोलीले उनीमाथि ऋण असुलीको मुद्दा दायर गरेका थिए।
पाँच वर्षभन्दा बढी समयदेखि बेलायतमा बस्दै आएका माल्याले गत वर्ष जुलाईमा लण्डनको उच्च अदालतले आफूमाथि दिएको आदेशलाई उल्टाउने प्रयासमा बेलायतको अदालतमा पुनरावेदन गरिरहेका छन्। उनले पैसा तिर्न नसक्ने भन्दै आएका छन् ।
हाल बन्द भएको किंगफिसर एयरलाइन्समा करिब १.०५ बिलियन पाउण्डको ऋण फिर्ता गर्न स्टेट बैङ्क अफ इण्डियाको माग छ । अब यो मुद्दा अर्को वर्ष सुनुवाइ हुने सम्भावना छ।
ठगी र मनी लान्ड्रिङको आरोप लागेका६६ वर्षीय व्यापारी हाल धरौटीमा रिहा भई बेलायतमा बस्दै आएका छन्। ।