arrow

व्यवसायीलाई करको दायरामा आउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
tax.jpg

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराका मुख्य कर अधिकृत रमेश शर्माले करको दायरामा नआएका व्यवसायीहरुलाई तत्काल दायरामा आउन आग्रह गरेका छन् । उनले आउँदो साउनदेखि अनुगमनलाई तीव्र बनाउने पनि घोषणा गरे ।

आन्तरिक राजस्व पोखराले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजना गरेको आर्थिक अध्यादेश ऐन २०७९ले व्यवस्था गरेको कर छुटबारे जानकारी दिन आयोजित अन्तरक्रियामा उनले भने, ‘जसले आम्दानी गर्छ, उसले कर तिनैपर्छ ।’

कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले कर छुट र दण्ड-जरिवानाबारे व्यवसायीहरु सचेत बन्नुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुलाई आफ्नो लेखा प्रणाली चुस्त-दुरुस्त राख्न आग्रह पनि गरे ।

आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत अर्जुन दाहालले आर्थिक अध्यादेशले ३० लाखभन्दा कमको कारोबार गर्नेहरुको करमा ७५ प्रतिशत, चलचित्र, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, कृषि, ट्रेकिङ एजेन्सीलाई यो वर्ष ५० प्रतिशत कर छुट गरिएको जानकारी दिए । कर छुटबारे आन्तरिक राजस्व कार्यालयबाट जानकारी लिन पनि उनको आग्रह थियो ।

संघका उपाध्यक्ष गोकर्ण कार्कीले कर छुटको प्रावधान स्वागतयोग्य रहेको बताए । उनले घरबहाल करको दायित्व घरधनीकै भएको र पोखरा महानगरले घरधनीसँगै कर लिने घोषणा गरिएको जानकारी दिए ।

कार्यक्रमा दर्ताविनै संचालनमा आएका व्यवसायीका कारण आफूहरु मर्कामा परेको, व्यवसाय बर्गीकरण वैज्ञानिक नभएकोलगायतका गुनासा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ