arrow

गुजरातमा २८० करोडको हिरोइनसहित ९ पाकिस्तानी र २ अफगानी नागरिक पक्राउ

logo
एजेन्सी,
प्रकाशित २०७९ असार १५ बुधबार
heroine-pakistan.jpg

अहमदाबाद। गुजरात एटीएस र भारतीय कोस्ट गार्डले अप्रिलमा अरब सागरमा डुङ्गाबाट रु २८० करोडको हेरोइन बरामद गरेको छ। जसमा दुई अफगानी नागरिकहरू सहित थप तीन जनालाई पक्राउ गरेको थियो। यसअघि नौ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको गुजरात एटीएसले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

एक संयुक्त अपरेसनमा, गुजरात एटीएस र भारतीय तट रक्षक गार्डले अप्रिल२५  मा अरब सागरमा पाकिस्तानबाट आएको डुङ्गालाई नियन्त्रणमा लिएको थियो। आरोपित व्यक्तिहरूबाट ५६ किलोग्राम हेरोइन बरामद गरेको थियो। 

बिहीबार पक्राउ परेका तीन अभियुक्तहरू क्रमशः नयाँ दिल्ली र उत्तराखण्डका बासिन्दा खारी हमिदुल्लाह, मोहम्मद हाकिम र अजिम अहमदको रूपमा पहिचान भएका छन्। आधिकारिक विज्ञप्तिमा, एटीएसले भन्यो, 'एटीएस र तट रक्षक टोलीले प्राप्त गरेको सूचनाको आधारमा भारतीय जल क्षेत्रमा १४ एनएम रहेको पाकिस्तानी डुङा अल हजको खोजी गर्‍यो र हामीले करिब ५६ किलोग्राम तौलको ५६ प्याकेट हेरोइन बरामद गर्‍यौँ। जसको मूल्य २८० करोड रहेको छ।'

अदालतबाट दश दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ