arrow

जङ्गली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी, ५ को अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
forest-mushrooms.jpg

रुपन्देही ।  बुटवलमा जङ्गली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरूलाई आफन्तले ९ बजे अस्पताल पुर्‍याएका थिए ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका १२, नयाँ गाउँमा जङ्गली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी भएका हुन् ।  त्यसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । 

जङ्गलबाट च्याउ खाएर बिरामी पर्नेमा २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, ८ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक  र ५० वर्षीय हुमबहादुर विक रहेका छन् । 

जङ्गली च्याउ खाएर बिरामी परेकाहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बुटवलका प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ