arrow

मुख्यमन्त्री ठाकरेले मध्यरातमा दिए राजीनामा, भाजपामा खुशीयाली  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
uddav-thakare.jpg

काठमाडौं । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । उनले बुधबार मध्यरातमा राजीनामा दिएका हुन् । सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनी स्थानीय समयअनुसार राति ११ः१५ बजे राजीनामा दिन आफै गाडी हाँकेर राजभवन निस्केका थिए । 

कारमा उनीसँग उनका छोराहरु आदित्य र तेजस रहेका थिए । राज्यपाल भगतसिंह कोसियारीलाई राजीनामा बुझाउन गएका थिए । उनलाई कोसियारीले वैकल्पिक व्यवस्था बन्ने बेलासम्म आफ्नो पदमा रहन भनेका थिए । 

राजीनामा बुझाएपछि उनले एक मन्दिरमा गएर पूजा गरेका थिए । त्यसपछि उनी आफ्नो निवास मातोश्री पुगेका थिए । 

बहुमत परीक्षणमा सर्वोच्चको आदेशपछि उनले सामाजिक संजालमा ‘म शिव सेनाहरुको रगत बगोस् भन्ने चाहन्नँ । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन’ भनेका थिए । 

भाजपामा खुशीयाली 
ठाकरेको राजीनामासँगै भारतीय जनता पार्टी भाजपामा खुशीयाली छाएको छ । भाजपाका विधायकहरुले खुशी मनाएका छन् । ताज होटलमा भाजपा विधायकहरुको बैठकमा ‘बन्दे मातरम’ को नारा लगाइएको थियो । 

केही विधायकले देवेन्द्र फडणविसलाई मिठाइसमेत खुवाएका छन् । भाजपाले आज बैठक बोलाएको छ । फडणविस र एकनाथ शिन्देबीच छलफल भएको छ । दुवैबीच सरकार गठनबारेमा छलफल हुनेछ । 

भाजपाले शिन्दे गुटलाई दोस्रो ठूलो पद दिने बताएको छ । ठाकरेले ३१ महिना १ दिन सरकारको नेतृत्व गरेका थिए । उनले सन् २०१९ को २८ नोभेम्बरमा शपथ लिएका थिए । २९ जुन २०२२ मा राजीनामा दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ