arrow

जी-२० सम्मेलनमा पुटिन जालान्, पश्चिमाहरू के भन्छन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
Putin_Press_confrence.jpeg

काठमाडौं । इन्डोनेसियामा जी-२० शिखर सम्मेलनको तयारी भइरहेको छ । अप्रिलमा हुने सम्मेलनमा इण्डोनेशियाले यस वर्ष चक्रीय अध्यक्षात्मक प्रणाली अन्तर्गत जी-२० समूहको नेतृत्व गरेको छ ।

युक्रेन रुस युद्धका बीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जी-२० शिखर सम्मेलनमा आमन्त्रित गरिदैछ । 

घोषणापछि जी-२० सम्मेलनको आयोजक इन्डोनेसियालाई भेलामा रूसका राष्ट्रपतिलाई समावेश नगर्न अमेरिकालगायत पश्चिमी मुलुकहरूले दबाब दिँदै आएका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार भ्लादिमिर पुटिन उपस्थित भएमा नोभेम्बरमा इन्डोनेसियामा हुने जी-२० शिखर सम्मेलन बहिष्कार नगर्न सदस्य राष्ट्रका नेताहरूलाई आग्रह गरेका छन् ।

 नाटो शिखर सम्मेलमा उनले भने, “यो अवस्थामा पुटिन जी-२० सम्मेलनमा सहभागी भएमा आश्चर्यको कुरा हुनेछ । उहाँ जानुहुनेछैन । उहाँ एक ‘बहिस्कृत’ व्यक्ति हुनुहुन्छ ।” 

“उहाँ जानुहुन्छ जस्तो मलाई लाग्दैन । सवाल के हो भने के हामी पश्चिमी देशहरूले जी-२० मा आफ्नो सिट खाली गरेर मञ्चलाई पूरै तर्क गर्न चीन र रूसलाई छोड्छौं ? मेरो विचारमा यदि तपाईंले जी-२० जस्तो गरिमामय मञ्च खाली गर्नुभयो भने, तपाईँले अरूलाई अफवाह फैलाउने अवसर दिने खतरा बढ्न सक्छ ।”

क्रेमलिनले पुटिन नोभेम्बर १५-१६ को शिखर सम्मेलनमा सहभागी हुने जनाएको छ । 

सम्मेलनमा अधिकांश प्रमुख उदीयमान अर्थव्यवस्थाहरूजस्तै इन्डोनेसियाले पनि तटस्थ स्थिति कायम राख्ने प्रयास गरेको छ र यूक्रेनमा रूसको महिनौं लामो आक्रमणको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेको छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि बुधबार कीभमा गएका छन् भने उनी बिहीबार मस्को जानेछन् । 

राष्ट्रपतिले यस हप्ताको सुरूमा जर्मनीमा भएको जी-७ शिखर सम्मेलनमा पनि भाग लिएका थिए ।

जर्मन चान्सलर ओलाफ सोल्जले मंगलबार इन्डोनेशिया शिखर सम्मेलनलाई सङ्केत गर्दै जी-७ का नेताहरू ‘जी-२० सम्मेलनबाट अलग हुन नचाहेको’ उनीहरूले ‘त्यहाँ जाने’ योजना अझै बनाइरहेको बताएका थिए । 

गत अक्टोबरमा रोममा भएको जी-२० शिखर सम्मेलनमा पुटिनले भाग लिएका थिए । तर, कोरोनाभाइरस सङ्कटका कारण उक्त सम्मेलनमा उनले भिडियो कन्फरेन्समार्फत् सहभागिता जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ