arrow

बागमतीका मुख्यमन्त्री पाण्डेले सहमति तोडे, कांग्रेस र माओवादीका सांसदहरु हस्ताक्षर संकलनमा 

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ असार १६ बिहिबार
rajendra-pandey-bagmati.jpg

हेटौंडा । नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन शुरु गरिएको छ । प्रदेश सभाबाट बजेट पास भए लगत्तै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन शुरु गरिएको हो ।

पाण्डे मुख्यमन्त्री बन्ने बेलामा भएको सहमति अनुसार नेपाली कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार नभएपछि गठबन्धनका दुई दल हस्ताक्षर संकलनमा जुटेका हुन् । नेकपा एमालेको प्रदेश सरकार ढलेपछि गठबन्धनमा पाण्डे र कांग्रेसका इन्द्रबहादुर बानियाँ आधाआधा मुख्यमन्त्री बने सहमति भएको थियो । 

तर अहिले मुख्यमन्त्री पद छाड्न पाण्डेले केन्द्रको निर्देशन चाहिने भनेपछि गठबन्धनबीचमै हस्ताक्षर शुरु भएको छ । सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न शुरु गरेका हुन् । 

राजेन्द्र पाण्डे गत कात्तिक ११ गते ६ महिनाको लागि नेतृत्व गर्ने गरी सहमतिमा मुख्यमन्त्री बनेका थिए । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२ र नेकपा (एस) का १३ सांसदसहितको गठबन्धनको सरकार छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ